Logo
Logo

मन्त्री क्वार्टरमा गृहमन्त्री थापा र विप्लवको भेट


दृष्टि संवाददाता


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापा बादललाई भेट गरेका छन् । स्रोतका अनुसार महासचिव विप्लवले शनिबार बिहान पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । सरकारले नेकपाका विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि शुक्रबार सार्वजनिक भएका हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव समुह हिंसा छोडेर शान्तिपुर्ण राजनीतिमा आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्