काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षिय सम्मेलन मार्फत स्थायी संविधान सहितको व्यवस्था कायम गर्न आग्रह गरेका थिए ।
मिडिया नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निषेधको राजनीतिले कसैको भलो नगर्ने बताउँदै सबैलाई समेट्ने गरी सर्वपक्षीय भेला मार्फत देशमा सधैका निम्ति शान्ति,स्थायीत्व र सवैधानिक व्यवस्था कायम गर्न आग्रह गरेका हुन् ।
उनले मुलुकमा प्रजातन्त्र आएको दशौकौ समय बित्दा पनि स्थायी व्यवस्था कायम नभएको जिकिर गरे । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहोराले पत्रकारलाई प्रभावमा पारेर सत्य,तथ्य समाचारहरु पनि लुकेको दाबी गरे ।
बोहोराले बुटवल वा भैरहवा लुम्बिनी प्रदेशको राजधानी उपयुक्त भए पनि दुई तिहाइको नेकपाको सरकारले गरेको निर्णयलाई नेपाली कांग्रेसले मौन स्वीकृति दिएको आरोप लगाए ।












