Logo
Logo

प्रदेश प्रमुख डा झाद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार


दृष्टि संवाददाता


कर्णाली । कर्णाली भ्रमणमा आएका प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले सुर्खेतका सडक दुर्घटनामा परी घाइते भएका चालकको उद्धार गरेका छन् ।

प्रदेश प्रमुख झाले आज रत्न राजमार्गको हर्रे नजिक दुई मिनीट्रक आपसमा जुध्दा घाइते भएका चालक शेरबहादुर सिंहलाई आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएका हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले कोहलपुरबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२–००१ख०२५६ नम्बरको मिनीट्रक र सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बा५ख ५२०४ नंको मिनीट्रक आपसमा जुध्दा चालक सिंह गम्भीर घाइते भएको जनाएको छ ।

घाइते चालकलाई प्रदेश प्रमुख झाले तत्कालै उद्धार गरी कोहलपुर मेडिकल कलेज पु¥याएका हुन । प्रहरी जवान सुरेन्द्र रेग्मीले घाइते चालक कर्णाली प्रदेश ०२००१ख ०२५६ नंको मिनीट्रकका चालक रहेको तथा उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जानकारी दिए ।

प्रदेश प्रमुख झाले आफ्नो फेसबुक पेजमा सुर्खेतबाट फर्कँदै गर्दा दुर्घटना भएर छटपटाइरहेका घाइतेलाई देखेपछि उद्धार गरी अस्पताल पु¥याएको बताए । सबै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट गर्ने क्रममा प्रदेश प्रमुख झा कर्णाली आएका हुन् ।

प्रदेश राजधानी सुर्खेतस्थित प्रदेश प्रमुखको कार्यालयमा आज बिहान समकक्षी गोविन्दप्रसाद कलौनी र प्रदेश नं २ का प्रदेश प्रमुख झाबीच आज भेटवार्ता भएको हो ।

कलौनीको सचिवालयका अनुसार प्रदेश प्रमुख झाले कर्णालीका प्रदेश प्रमुखलाई आफ्नो प्रदेश भ्रमणको निम्तो दिएका छन् । प्रदेश प्रमुख कलौनीले आफू उपयुक्त समयमा प्रदेश नं २ को भ्रमण गर्ने बताए ।

भेटमा दुवै प्रदेश प्रमुखहरूबीच अनुभव आदानप्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिबारे कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्