Logo
Logo

शान्ति समाजको केन्द्रीय सभापतिमा गोविन्द खनाल


दृष्टि संवाददाता


कास्की । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित भएका छन् ।

शान्ति समाजको फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको निर्वाचनमा खनाल सभापतिमा निर्विरोध भएका हुन् ।

वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, महासचिवमा काठमाण्डौका रामकृष्ण बराल, कोषाध्यक्षमा काठमाण्डौका जगन्नाथ पुडासैनी निर्वाचित भएका छन् ।

प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरी आचार्य, गण्डकी प्रदेश सचिवमा धिरज थापा, लुम्बिनि प्रदेश सचिवमा मिना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी÷जनजाती रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिहं, सचिव दलितमा निर्मल नेपाली, सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी चार जना महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जरा र सरस्वती ढकाल र सदस्य खुलातर्फ ६ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जारा, माधवप्रसाद गौतम, विष्णु भुसाल, सन्तोष रौनियार, दिलबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्