प्रहरी हिरासतमै सुकीका पार्टी अधिकारीको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

प्रहरी हिरासतमै सुकीका पार्टी अधिकारीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । म्यानमारमा सैन्य ‘कु’ का विरुद्ध दिनुहँजसो विरोध प्रर्दशन भईरहेको छ । प्रर्दशनका क्रममा सुरक्षाकर्मीले आफ्ना देशका नागरिकमाथि धरपक्कड गरिरहेको छ । नागरिकमाथि गोली बर्षाएर ज्यान पनि लिएका छन् ।

यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान लिईसकेको छ । फेरि हिरासतमा लिएका एक मानिसको मृत्यु भएको छ । सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको हो ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको रिपोर्टमा बताइएको छ । खिन सन् २०२० को चुनावमा एक जना मुस्लिम सांसदको क्याम्पेन म्यानेजर थिए।

एनएलडीका एक जना सांसद बा म्यो थेइनक अनुसार खिनको शरीरमा देखिएको निलडामले उनलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पुष्टि गर्ने बताएका छन् ।

उनका अनुसार उनलाई रातभरि यातना दिएर मारेको देखिएको र यसलाई अस्वीकार्य नरहेको उनको भनाई छ । यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको थियो तर हिरासतमा लिएका मानिसको मृत्यु भएको यो पहिलो पटक हो।

थिनको मृत्युबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन। यसैबीच म्यानमारका ट्रेड युनियनहरूले सोमबारदेखि सबै आर्थिक क्रियाकलाप ठप्प पार्ने निर्णय गरेका छन्। म्यानमारका आठ ट्रेड युनियनले आर्थिक क्रियाकलाप पहिलाजस्तै चलाइरहे त्यसले कूबाट बनेको जुन्ता सरकारलाई नै फाइदा पुग्ने भएकाले (सटडाउन) गर्न लागेको बताइएको छ ।

म्यानमारमा सेनाले फेब्रुअरी १ मा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सत्ता हत्याएको थियो। त्यसयता देशभरि सैनिक कूको विरोधमा प्रदर्शनहरू भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्