Logo
Logo

चुरेको विनासले काकाकुल बन्दै वस्तीहरु, महामारीको रुप लिन सक्ने


हिक्मत बम


धनगढी । चुरे क्षेत्रको विनास, दोहन र उत्खननको अवस्था बढ्दै गएको छ । चुरे क्षेत्रको विनास, दोहन र उत्खनन् हुने क्रम बढ्दै गएसँगै जलवायू परिवर्तनमा पनि ठूलो समस्या देखिएको छ । जलवायू परिवर्तनमा देखिएको समस्याले तराई क्षेत्रमा भएका पानीका स्रोतहरु सुक्न थालेका छन । शुद्ध पिउने पानी पाउन कठिन भएको छ ।

चुरे क्षेत्रमा भइरहेको दोहन र उत्खननले प्राकृतिक सन्तुलननै बिगारेको छ । जसले गर्दा जीवजन्तू र मानव जातीमा प्राकृतिक प्रकोपको समस्या देखिने खतरा बढेको छ । नेपालको चुरे क्षेत्र जीवजन्तू र मानव बस्तीका लागि एकदम उत्तम मानिएको छ ।

चुरे क्षेत्रनै दिनप्रति दिन विनासको चपेटामा पर्दै जाने हो भने प्राकृतिक प्रकोप र दैविक प्रकोपले महामारीको रुप लिन सक्ने चुरे सम्बन्धित जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार चुरेको संरक्षण गरिने हो भने यसले जलवायू परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने छ । र जैविक विविधतामा पनि ठूलो सहयोग पुग्ने छ ।

पछिल्लो समय अतिनै सम्वेदनशील मानिएको चुरे क्षेत्रलाई मानव जातीले आफ्नो व्यापारको सजिलो माध्यम बनाएको छ । चुरे क्षेत्रमा पाईने ठूलो–ठूला रुखहरु फडानी गरेर वन माफिया र तस्करहरुले व्यापार गर्ने गरेका छन । चुरे क्षेत्रमा पाईने लोपन्मूख प्रजातीका जडिबुटी, जीवजन्तूहरु र वनस्पतीहरुको चोरी निकासी बढ्दै गएको छ ।

जसले गर्दा जैविक विविधतामा ठूलो असर पुगेको वातावरणविद्हरुले बताउने गरेका छन । वातावरणविद्काअनुसार चुरे क्षेत्रको विनास, दोहन र उत्खनन् गरिने हो भने पहाड र तराई क्षेत्रमा रहेको मानव बस्तीनै संकटमा पर्ने छ । चुरे क्षेत्र संकटमा पर्नु भनेको जैविक विविधतामा ठूलो असर पुग्नु हो ।

नेपालको चुरे क्षेत्र मानव जातिका लागि मात्र नभएर जीवजन्तू र प्राकृतिक सन्तुलनका लागि महत्वपूर्ण मानिएको छ । नेपालको चुरे क्षेत्रले जैविक विविधतामा ठूलो सहयोग पु¥याएको कैलालीको गौरीफन्टा नाकाबाट नजिक रहेको दुधवा राष्ट्रिय निकुञ्जका एक जना कर्मचारीले बताएका छन । उनले कैलाली जिल्लामा रहेको चुरे क्षेत्रले जीवजन्तूलाई बचाउनमा ठूलो सहयोग पुगाएको बताएका छन । उनले भने, “पछिल्लो समय चुरे विनास, दोहन र उत्खनन्को समस्या नेपाल भन्दा पनि भारतमा देखिएको छ ।”

जलवायू परिवर्तनमा देखिएको समस्याले तराई क्षेत्रका पानीका स्रोतहरु सुक्न थालेका छन । शुद्ध पिउने पानी पाउन कठिन हुन थालेको छ । चुरे क्षेत्रमा भइरहेको दोहन र उत्खननले प्राकृतिक सन्तुलननै बिगारेको छ । जीवजन्तू र मानव जातीमा प्राकृतिक प्रकोपको समस्या देखिने खतरा बढेको छ ।

उनले चुरे विनास, दोहन र उत्खनन्को समस्या भारतको तल्लो तटिय क्षेत्रमा पुगेको बताएका छन । उनकाअनुसार चुरे विनासले नेपालको सीमा नजिक रहेको भारतको तल्लो तटिय क्षेत्रमा भएका पानीका मुहानहरु सुक्न थालेका छन । उनले भने, “चुरेको दोहन र उत्खनन् हुने हो भने यसले नेपाल आसपासका देशहरुमा प्राकृतिक प्रकोप र दैविक प्रकोपको समस्या देखिने छ ।”

उनले डिभिजन वन कार्यालय कैलाली र वनसंग सम्बन्धित विज्ञहरुलाई अनुरोध गर्दै भने, “तपाईको चुरे क्षेत्रलाई बचाएर राख्नुहोस् । चुरे क्षेत्रलाई बचाउनमा पनि हामी सहयोग गर्ने छौं ।” उनले भने, “चुरे क्षेत्रको समयमै संरक्षण गरिने होइन भने मानवबस्तीमा ठूलो क्षती पुग्ने छ ।”

वातावरणविद्काअनुसार चुरेको दोहन र उत्खनन् हुने गरेका कारण तराई र पहाडमा भएका पानीका मूहानहरु सुक्न थालेका समाचारहरु देख्न, सुन्न र पढ्न पाइन्छ । पृथ्वीमा भएका प्राणीहरु पानी बिना त बाँच्नै सक्दैनन्, त्यसैले पानीका मूहानहरु सुक्दै जाने हो र भएको पानी पनि दुषित हुन्छ, यसले ठूलो महामारी पैदा हुने देखिन्छ । चुरेको दोहन र उत्खनन् गरिने हो तर संरक्षण हुने होइन भने पानीका मुहानहरु सुक्नुका साथै उत्पादनमा पनि ठूलो असर पुग्ने देखिन्छ । उत्पादनमा देखिएको असरले नेपालमा अबको १५ वर्षपछि ठूलो भोकमारी पैदा हुने विज्ञहरुले बताएका छन ।

चुरे क्षेत्रको वन अतिक्रमण, रुख कटानी, वन क्षेत्रको आसपासमा पर्ने खोलानाला र नदि क्षेत्रबाट नदिजन्य पदार्थको दोहनसंगै उत्खनन् हुने गरेकाले पानीका मुहानहरु सुक्ने, वर्षातको बेला पानी नपर्ने, पिउन योग्य पानी नपाउने र तराईमा भएका पानीका स्रोत जस्तैः ट्यूबेल, इनार र कलमा पनि प्रयाप्त पानी नआउने जस्ता समस्याहरु देखा पर्न थालेको छन । जसले गर्दा जीवजन्तूको मात्र नभई मानव जातीको अस्तित्वनै संकटमा पर्ने देखिन्छ ।

“प्राकृतिक स्रोत साधन मानव जातीको मात्र होइन सजिलो व्यापार, यो त हो सम्पूर्ण जीवजन्तूको बाँच्ने मूल अपरिहार्य अधार” भन्ने नारालाई मात्रै आत्मसाथ गरेर सार्थकता दिने हो भने चुरेलाई संरक्षण गर्न सकिनुका साथै प्राकृतिक प्रकोप र दैविक प्रकोपलाई पनि न्यूनिकरण गर्न सकिने छ । प्राकृतिक स्रोत साधन पृथ्वीमा भएका सम्पूर्ण प्राणीहरुको बाँच्ने मूल आधार मानेर चुरे क्षेत्रको संरक्षण गरियो भने पृथ्वीमा कुनैपनि किसिमको संकटहरु देखा नपर्ने र जैविक विविधतामा पनि सहयोग पुग्नुका साथै जलवायू परिवर्तनमा पनि टेवा पुग्ने विज्ञहरुले बताएका छन ।

त्यसैले चुरेको संरक्षण गर्न चुरे सम्बन्धि जनचेतनामूलक कार्यक्रम, वृक्षारोपणका कार्यक्रम र जलवायू परिवर्तनमा सहयोग पुर्याउने कार्यक्रमहरु गर्न जरुरी देखिन्छ । चुरेको संरक्षण गर्नतर्फ सम्बन्धित सरोकारवाल निकायको समयमै ध्यान जान जरुरी छ र चुरे संरक्षणका लागि जनाचेतनामूलक कार्यक्रमहरु पनि गर्न जरुरी देखिन्छ । जसले चुरेको संरक्षणमा ठूलो सहयोग पु¥याउने छ ।

 

प्रतिक्रिया दिनुहोस्