Logo
Logo

बार्सिलोनाको नयाँ अध्यक्षमा लोपार्टा


दृष्टि संवाददाता


एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । स्पेनिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका थिए ।

लापोर्टाले आफ्नो पहिलो कार्यकालमा पेप गुआर्डीओलालाई प्रशिक्षक नियुक्त गरेका थिए । उनकै समयमा क्लबले ब्राजिलियन स्टार रोनाल्डिन्हो र क्यामरुनका फरवार्ड स्यामुएल एटोलाई अनुबन्ध गरेको थियो । त्यसबेला क्लबले २ च्याम्पियन्स लिग र ४-४ पटक लिग उपाधि र कोपा डेल रे जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्