Logo
Logo

उपत्यकामा बम आतंक, सूचना संयन्त्र फेल


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
शुक्रबार बेलुका उपत्यकामा बम आतंक छाएको छ । नख्खुस्थित एनसेल कार्यालय अगाडि शक्तिशाली बम बिष्फोट भएको छ । जसमा तीन जना घाइते भएक छन् । बिष्फोटमा परी कार्यालयमा क्षती पुगेको छ भने घरको सिसाहरु फुटेका छन् ।


त्यस्तै कमलपोखरीको आँगन रेस्टुरेन्ट अगाडि समेत बम भेटिएको प्रहरीले जनाएको छ । कसले बम राख्यो भन्ने खुल्न सकेको छैन ।
प्रहरी अधिकारीहरु पैसा कमाउन मस्त हुँदा सूचना संयन्त्र कमजोर हुँदै गएको छ । जसकारण राजधानीबासीमा अशान्ती फैलिएको छ ।
विप्लव नेतृत्वको माओवादीले बिष्फोट गराएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्