Logo
Logo

प्रचण्डले समातेको बाटो नै गलत भयो : विप्लव


दृष्टि संवाददाता


कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले न्यायको पक्षमा लड्ने मान्छे कहिल्यै नमर्ने बताएका छन् ।

कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अर्काको दास बनेर अन्याय अत्याचारले मर्नुभन्दा लडेर मर्नु धेरै ठूलो कुरा भएको बताएका हुन् ।

‘प्रचण्ड कमरेडसँग छुटेर आउँदा मलाई साथीहरुले दाई लडाईँ भयो भने मान्छे मर्छ भन्नुहुन्थ्यो, उनले भने, ‘मान्छे जो कोही पनि मर्छ । तर, अन्यायमा परेर मर्नु भन्दा न्याय बुलन्द गरेर नै मर्नुपर्छ ।’ न्यायको कुरा गर्ने मान्छे कहिल्यै मर्दैन । उनले भने ।

जनयुद्धमा अत्याचारमा परेका व्यक्तिको विरुद्ध सरकार लागेको उनले दाबी गरे । सत्यको विरुद्ध बोल्दा सरकारले प्रतिबन्ध गरेर आफ्ना मान्छेलाई गोली हानी मारेको उनले बताए ।

प्रचण्ड र बाबुरामले गलत बाटो चालेको उनले आरोप लगाए । शहीद र बेपत्ता परिवारको अझै न्याय नपाएको उनको भनाई छ । ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० बर्ष मलाई कसैले हल्लाउन सक्दैनन् भन्नुभएछ । तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो’ उनले भने ।

‘ओली र प्रचण्ड मिल्दा जनताले सुखी भएर दुई तिहाई पनि दिनुभयो’ उनले भने, ‘सरकार बनाएको एक वर्षपछि उहाँहरुको लडाईँ सुरु भयो । जनताको बिषयमा मात्रै होइन। मेरो मान्छे किन नराखेको भन्दै आफ्नो भागको लडाई भइरहेको छ ।’

आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक–अर्काविरुद्ध खनिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्