काठमाडौं मेयर कप क्रिकेट : काठमाडौँ मेयर ११माथि आर्मीकाे जित « Drishti News – Nepalese News Portal
Logo

काठमाडौं मेयर कप क्रिकेट : काठमाडौँ मेयर ११माथि आर्मीकाे जित


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडाैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलेकाठमाडौं मेयर ११ लाई पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले काठमाडौँ मेयर ११ लाई पाँच विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १५५ रन बनायो । एक सय ५६ रनको विजय लक्ष्य आर्मी क्लबले २३ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

आर्मीका लागि सोमपाल कामीले ५१ बलमा नौ चौका र ६ छक्काको मद्दतमा ८०, भीम सार्कीले १६, कुशल मल्लले २३ तथा कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए । बलिङतर्फ काठमाडौँ मेयर ११ का सन्दीप लामिछाने र विपिन कार्कीले दुई दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा काठमाडौँ मेयर ११ का लागि सौरभ खनालले ४२, सन्दीप रजालीले ३७, खडक बोहराले १९ हरिशङ्कर साहले १८ तथा कप्तान सन्दीप लामिछानेले १३ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि साहब आलमले चार, जितेन्द्र मुखियाले तीन तथा सोमपाल कामी, विक्रम सोव र कुशल मल्लले एक/एक विकेट लिए । प्लेयर अफ दी म्याच आर्मीका सोमपाल कामी घोषित हुनुभयो । उहाँले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्