Logo
Logo

नेकपाको हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड


दृष्टि संवाददाता


काठमाडौं । धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि एमालेका कार्यकर्ताहरुले विभिन्न जिल्लाहरुका पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न शुरु गरेका थिए ।

एमालेको केन्द्रिय कार्यालय धुम्बाराहीमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको बताइएको छ ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र आ-आफ्नै पार्टीमा फर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्