झापामा पनि राखियो एमालेको बोर्ड « Drishti News – Nepalese News Portal
Logo

झापामा पनि राखियो एमालेको बोर्ड


दृष्टि संवाददाता


झापा । नेकपा झापाको पार्टी कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान ११ बजे एमालेको बोर्ड राखिएको हो ।

सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।

प्रतिक्रिया दिनुहोस्