Logo
Logo

प्रधानमन्त्री कप भलिबलकाे उपाधि एपिएफलाई, सर्वोत्कृष्ट खेलाडी सरस्वती घोषित


दृष्टि संवाददाता


नेपालगन्ज । सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि नेपाल एपिएफ क्लबले जितेको छ । एपिएफले साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

मंगलबार भएको खेलमा एपिएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गरेको थियो । विजेता एपिएफले ५ लाख र उपविजेता पुलिसले २ लाख प्राप्त गर्ने छन् ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोट्र्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो । न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गर्ने छन् ।

एपिएफकी स्टार ओपन स्पाइकर सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार पाप्त गरेकी छन् । लिग चरणको अन्तिम तथा उपाधिको लागि फाइनल सरह मानिएको पुलिसविरुद्धको खेलमा सरस्वतीले उत्कृष्ट प्रर्दशन गर्दै ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्