Logo
Logo

एउटै भवनमा एमालेका दुई समूहको छुट्टाछुट्टै कार्यालय स्थापना


दृष्टि संवाददाता


डोटी । डोटीमा नेकपा एमालेको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय स्थापना गरेको छ ।

मंगलबार साविकको नेकपाको पार्टी कार्यालयमा एमालेको कार्यालय स्थापना भएको छ भने सोही भवनमा यसअघि एमालेको कार्यालय रहँदै आएको थियो । तर बुधबार अध्यक्ष केपी ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ ।

बुधबार संविधान सभा सदस्य गौली ओलीले रिवन काटेर कार्यालय उद्घाटन गरिन् । कार्यक्रममा ओली समूहको नेकपाको केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायत नेता कार्यकर्ता सहभागी थिए ।

२०६९ सालमा सम्पन्न एमालेको सातौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चक्रबहादुर मल्ल र सचिवमा रामबहादुर ऐर निर्वाचित भएका थिए । एमाले र माओवादी एकीकरण भई बनेको नेकपाका पनि अध्यक्ष रहेका मल्ल प्रधानमन्त्रीले पुष ५ गते गरेको प्रतिनिधिसभाको बिघटन असंवैधानिक भएको भन्दै माधव प्रचण्ड समूहलाई साथ दिए ।

मल्ल अर्को गुटमा गएपछि ओली पक्षले साविकको एमालेका जिल्ला सचिव ऐरलाई अध्यक्ष बनाएको थियो । जिल्ला समन्वय समिति प्रमुख समेत रहेका ऐर नेकपामा जिल्ला कार्यदलका सदस्य थिए ।

एमालेकै दुई कार्यालय स्थापना भएपछि कार्यकर्ता अन्यौलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्