Logo
Logo

मार्तडी सदरमुकाम नजिकै चितुवा भेटियाे, सचेत रहन प्रहरीको आग्रह


नन्दा थापा


बाजुरा । बडीमालिका नगरपालिका–६ विरेखोलमाको पुल नजिकै रहेको ओडारमा दुई वटा पाटे चितुवा देखा परेकाले स्थानीयलाई सचेत रहन जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेको छ ।

मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा दुई वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ ।

स्थानियका अनुुसार दिनभरी त्यहि स्थानमा रहेको बुुझिएको छ । उक्त बाटोबाट आवतजावत नगर्न सार्वजनिक सूचना जारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराले स्थानीय महानुभावहरू सचेत रहन हुन सार्वजनिक सुुचना जारी गरेको छ । साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी सहायक निरिक्षक धन सिंह धामीको कमाण्डमा उक्त स्थानमा टोली खटाई पठाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्