Logo
Logo

आलुको परिकार तालिम तथा प्रदर्शनी मेला सम्पन्न


नन्दा थापा


बाजुरा । बडीमालिका नगरपालिका–७ ढम्कनेमा पाँच दिने आलुको परिकार बनाउने तालिम सकिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजना घरेलु तथा साना उद्योग विकास कार्यालयको सहकार्यमा र ढम्क्ने आलु ब्लक संचालन समितिको समन्वयमा पाँच दिने आलुको परिकार तयारी तालिम संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुरामा सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार ज्ञान केन्द्र र घरेलुको आयोजनामा आलु ब्लक समितिका २३ जना होट व्यवसायीहरुलाई आलुको विभिन्न परिकार बनाउने तरिकाका बारेमा प्रयोगात्मक समेत गरिएको जैशीले बताए । आलु उत्पादन गरेर तरकारीका रुपमा मात्र प्रयोग गर्दै आएकाले आलुबाट बन्ने अन्य परिकार बनाउने तरिकाका विषयमा होटल व्यवसायीलाई सिप सिकाएको सूचना अधिकारी जैशीले बताएका छन् ।

“आलु एक, परिकार अनेक“ भन्ने नारा सहित संचालन भएको पाँच दिने तालिममा आलुका २३ भन्दा बढी परिकार बनाउन होटल व्यवसायीहरुलाई सिकाइएको छ । भने तालिममा व्यवसायिक योजना सम्बन्धी पनि तालिम दिइएको छ । तालिममा सहभागी व्यवसायीहरुले आलु तरकारी बनाउन मात्र प्रयोग नभइ अन्य परिकार बन्ने तालिममा जानकारी पाएकाले खुसी भएका छन् ।

आलुबाट पकौडा,चिप्स,समोसा, म म पनिर लगायतका परिकारका बारेमा जानकारी पाएको तालिममा सहभागीहरुले बताएका छन् । तालिमको सहजीकरण मार्तडीमा होटल व्यवसायी गर्दै आएका प्रकाश सिंहले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्