Logo
Logo

मौसम पुर्वानुमानः शनिवार मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार प्रदेश २ मा आंशिक बदली रहि बाकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्