Logo
Logo

कामदार रेष्टुरेन्टमा सुतिरहेकै बेला दियालो फुडल्याण्डमा आगलागी


दृष्टि संवाददाता


बुटवल । बुटवलको मिलनचोकस्थित दियालो फुडल्याण्डमा आगलागी भएको छ । प्रहरीका अनुसार गएराति करिब १ः३० बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीबाट रेष्टुरेण्ट रहेको माथिल्लो तलामा रहेका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । केही कामदार रेष्टुरेन्टमै सुतेका भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरका अनुसार बुटवल उपमहानगरपालिकाको दमकलले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्