Logo
Logo

चुरे गाउँपालिकामा १८ लाख रुपैयाँको अनियमितता, विद्युत पोल नै गायव !


हिक्मत बम


कैलाली । आफ्नो क्षेत्रगत विकासमा ध्यानदिनुपर्नेमा स्थानीय तहका जनप्रतिनिधिहरु अहिले भ्रष्टाचारमा डुब्न थालेका छन् । देश संघीयतमा गएको फाइदा स्थानीय सरकारलाई भएको छ । संघीयताले स्थानीय सरकारको विकास बजेट तथा पूँजीगत बजेटको आकार पनि बढेको छ ।

संघीयताले स्थानीय सरकारको बजेटको आकार बृद्धि भएसंगै विकास निर्माणका कार्यले पनि तिब्र गति लिनुपर्ने हो तर त्यसो भएको देखिदैन । संघीयताको नारा थियो, सिंहदरवारको अधिकार गाउँ–नगर, टोल–टोलमा तर संघीयताको नारा नारामा मत्रै सिमित भयो ।

जनताले भने सिंहदरवारको अधिकार गाउँ–नगर, टोल–टोलमा महसुस गर्न सकुन भनेर स्थानीय तहको विकास बजेट तथा पूँजीगत बजेटको आकार बृद्धि गरिएको बताईन्छ । देश संघीयतामा गएपछि सिंहदरवारको अधिकार गाउँ–गाउँमा आयो भनेर बुझेका जनताले सिंहदरवारको अधिकार महसुस गर्न नपाएको गुनासो गरेका छन । त्यस्तै भएको छ, चुरे गाउँपालिका वडा नम्बर १ मा ।

२०७५ सालको असोज महिनामा विद्युत् पोल खरिद गर्ने भनेर १८ लाखको टेण्डर आह्वान गर्नुपर्ने थियो तर आह्वान नै भएन । बरु टेण्डर आह्वान गरियो भनेर हल्ला फिँजाइयो । चुरे गाउँपालिका वडा नम्बर १ को नजिक पर्ने बडीकेदार गाउँपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको विद्युत सबस्टेसनबाट निःशुल्क पोल लिने र सो शिर्षकमा विनियोजित रकम भने कागजी प्रक्रिया मिलाएर झ्वाँम पार्ने र झ्वाँम पनि पारे ।

चुरे गाउँपालिका वडा नम्बर १ को कार्यालयमा चरम आर्थिक अनियमितता भएको गुनासोहरु बाहिर आउन थालेको छ । विद्युत पोल खरिद, सडक निर्माण देखि लिएर मर्मतसम्म र वडा कार्यालयका साना ठूला योजनाहरुमा चरम आर्थिक अनियमितता हुने गरेको गुनासो बाहिर आएको हो । वडा अध्यक्ष र वडा सचिवको मिलेमतोमा चरम आर्थिक अनियमितता हुने गरेको स्थानीयहरुले बताएका छन ।

वडा अध्यक्ष हुकुमबहादुर बोहराले विकास निर्माणको योजनामा आफ्ना आफन्तहरुलाई राखेर उपभोक्ता समिति निर्माण गर्ने गरेको स्थानीयहरुले बताएका छन ।

वडा अध्यक्ष बोहराले विकास निर्माणका हरेक योजनामा आफ्नो हस्तक्षेप गर्ने गरेको एक स्थानीयले नाम नबताउने सर्तमा भने । उनले प्रश्न गरे, “वडा अध्यक्षले हरेक योजनामा आफ्नो हस्तक्षेप गर्नुको कारण के ?” उनले भने, “२०७५ सालको असोज महिनामा विद्युत् पोल खरिद गर्ने भनेर १८ लाखको टेण्डर आह्वान गर्नुपर्ने थियो तर आह्वान नै भएन । बरु टेण्डर आह्वान गरियो भनेर हल्ला फिँजाइयो ।

चुरे गाउँपालिका वडा नम्बर १ को नजिक पर्ने बडीकेदार गाउँपालिका वडा नम्बर १ मा निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको विद्युत सबस्टेसनबाट निःशुल्क पोल लिने र सो शिर्षकमा विनियोजित रकम भने कागजी प्रक्रिया मिलाएर झ्वाँम पार्ने र झ्वाँम पनि पारे ।” उनले यो त एक उदाहरण मात्र हो, त्यस्ता थुप्रै गतिविधि वडा अध्यक्ष बोहराले गरेको बताए ।

अर्का एक स्थानीयले वडा नम्बर १ को आधाभन्दा बढी बजेट अनियमितता हुने गरेको बताए । उनले वडामा प्रत्येक वर्ष करोडौंको बजेट आउने गरेको छ, तर बजेट अनुसारको काम भएको छैन भन्दै गाउँपालिकाको अनुगमन समितिलाई वडा नम्बर १ को हरेक योजना र विकास निर्माण कार्यलाई अनुगमनमा जोड दिन आग्रह गरे ।

अर्का स्थानीयले भने, चुरे गाउँपालिका वडा नम्बर १ का हरेक सडक निर्माणमा पनि लापरवाही भएको छ । उनले वडा अध्यक्ष बोहराले अवैज्ञानिक तरिकाले निर्माण गरेका सडकले दुर्घटनाको जोखिम निम्त्याएको बताए । उले भने, “सर्बे नभएका सडकहरुले दुर्घटना निम्त्याउने देखिन्छ ।” उनले वडा अध्यक्षले भ्रष्टाचार गर्ने नियतले सर्बेबिनाका सडकहरु निर्माण गरेको बताए ।

सर्बेबिनाका सडक निर्माण गर्दा कम लागतमा आफ्नो मनोमानी ढंगले सडक निर्माण गर्न सकिने बताउँदै उनले यो वडा अध्यक्षको भ्रष्टाचार गर्ने नियत हो । पछिल्लो समय सुदूरका पहाडी जिल्लाका स्थानीय तहहरुले अवैज्ञानिक तरिकाले सडक निर्माण गरेको देखिन्छ । आफ्नो स्वार्थका लागि स्थानीय जनप्रतिनिधिहरुले मनोमानी ढंगले सडक निर्माण गर्ने गरेको बताईन्छ ।

अवैज्ञानिक तरिकाले निर्माण गरेका सडकहरुमा ठूलो दुर्घटनाहरु हुने गरेको छ । तीं सडकहरुलाई ज्यानमारा सडकको संज्ञा पनि दिन सकिन्छ । चरम आर्थिक अनियमितता भएको जनगुनासोहरु बढ्न थालेपछि चुरे गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुकुम बहादुर बोहरासंग बुझ्दा उनले सम्बन्धित व्यक्ति र कार्यालयमा गएर सोध्नु भनेर जवाफ दिए ।

र भन्ने, ‘हामीले टेण्डर दुई पटक आह्वान गरेका थियौं र काम नगर्ने भएपछि आह्वान गरेको टेण्डर पनि रद्द गर्यौं ।’ विद्युत् पोल खरिदका लागि छुट्याएको १८ लाख रुपैयाँगरि २ वर्षको ३७ लाख रुपैयाँ ग्रामिण सहकारी विधुत्को खातामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्