आफ्ना नागरिकलाई १९ खर्ब डलरको राहत बाड्दै अमेरिका « Drishti News – Nepalese News Portal
Logo

आफ्ना नागरिकलाई १९ खर्ब डलरको राहत बाड्दै अमेरिका


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई प्रदान गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको हो ।

बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। संसदका दुबै सदनबाट आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन् ।
उनले पारित भएको विधेयकमा शुक्रबार हस्ताक्षर गर्ने बताइएको छ।

यसअघि गत शनिबार माथिल्लो सदन सिनेटबाट राहत प्याकेज पारित भएको थियो। प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो। जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक दुबै सदनबाट आफ्नो प्रस्ताव पारित गराएका छन्।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ। यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्