Logo
Logo

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


दृष्टि संवाददाता


काठमााडौं । त्तारूढ नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत १ गते आइतबार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ। कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे समय तोकिसकिएको छैन।

अस्तित्वमा आएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि एमाले ब्युँतिएको थियो।

एमालेमा झलनाथ खनाल र माधव नेपाललगायतले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका कामकारवाहीप्रति असन्तुष्टि जनाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्