Logo
Logo

प्रचण्ड आज बुटवल जाँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् । राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न प्रचण्ड रुपन्देही जान लागेका हुन् ।

सम्मेलनमा दाहाल सहित नेकपा (एमाले) का नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।

दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीका अनुसार सम्मेलनमा देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल आइपुगेको जानकारी दिए । उनका अनुसार सम्मेलन तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्