Logo
Logo

बुटवल पुगेर प्रचण्डले भने- ‘आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन्।

बुटवलमा शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले जरूरी पर्‍यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताएका हुन् । तर आन्दोलन हिंसात्मक नहुने उनको भनाइ छ ।

प्रचण्डले भने, ‘जरूरी पर्‍यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ।’ उनले संविधानको रक्षा गर्ने कि हत्या भन्नेबारे देशमा ठूलो बहस भइरहेकोले सचेत हुनुपर्ने बताए।

प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई कुल्चेर तानाशाही प्रवृत्ति देखा परे त्यो जनताले स्वीकार नगर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्