अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना « Drishti News – Nepalese News Portal
Logo

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ फागुन । पश्चिमी वायुको प्रभावले आज आइतबार देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् ।
उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोलि सोमबार देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मंगलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताइन् ।
आइतबार मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भ–ूभागका एक÷दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्