Logo
Logo

अमेरिकाले काेराेनाबाट विश्व युद्धभन्दा बढी नागरिक गुमायाे : राष्ट्रपति वाइडेन


दृष्टि संवाददाता


एजेन्सी ।  अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना महामारीबाट अमेरिकाले पहिलो र दोस्रो विश्व युद्धभन्दा बढी नागरिक गुमाएको बताएका छन्। अमेरिकामा कोरोना नियन्त्रणको लागि लकडाउन सुरु भएको एक वर्षको अवसरमा बोल्दै उनले ज्यान गुमाउनेको संख्या अधिक भएको बताएका हुन् ।

शुक्रबार अमेरिकामा कोरोना भाइरस फैलिएको १ वर्षमा पुरा भएको छ। यही समयमा वाइडेनले देशवासीलाई सम्बोधन गरेका थिए ।वाइडेनले भने, ‘मसँग कोरोनाको कारण मरेका व्यक्तिहरूको तथ्याङ्क छ । अमेरिकामा हालसम्म ५ लाख २७ हजारभन्दा बढीकाे मृत्यु भएको छ । यो आंकडा पहिलो, दोस्रो विश्व युद्ध र भियतनाम युद्धभन्दा उच्च हो ।’

उनले लापरबाहीका कारण पनि ज्यान गुमाउनेको संख्या बढेको बताए। ‘यो भाइरसले हामीलाई धेरै चोट पुर्‍यायो। हामीले बेवास्ता गर्‍यौं। लापरबाहीको कारण धेरै मृत्यु भयो। हामी सबैले यस भाइरसको कारण केही गुमायौं। यसलाई सामूहिक रुपमा भएको बलिदान मान्न सकिन्छ,’ उनले भने।

राष्ट्रपति वाइडनले आगामी जुलाई ४ मा कोरोना भाइरसबाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्