Logo
Logo

बस र ट्रक ठोक्किँदा मकवानपुरमा ३ जनाको मृत्यु, १० जना घाईते


दृष्टि संवाददाता


हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका—१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५÷४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेका छन् ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्