Logo
Logo

बोनी कपुर छोरीको फिल्म हेरेर भावुक, श्रीदेवीलाई सम्झिए


दृष्टि संवाददाता


बलिउड – बलिउड नायिका जान्ह्वी कपुरको फिल्म यो सातामा हलहरुमा रिलिज भएको छ । हार्दिक मेहताले निर्देशन गरेको फिल्ममा राजकुमार राव र वरुण शर्मा पनि मुख्य भूमिकामा छन् ।

जान्ह्वीका पिता तथा निर्माता बोनी कपुर आफ्नो छोरी अभिनित उक्त फिल्म हेरेर निकै भावुक भएका छन् । बोनीले भने, ‘यो हरर कमेडी जनराको फिल्म हो । वास्तवमा यसमा निकै डरलाग्दा र रोचक दृश्य छन् । अडियन्सले हरर कन्टेटमा हाँसोको डोज पाउनेछन् । मेरो प्रार्थना फिल्मसँग छ । म आशा गर्छु कि अडियन्स फिल्म हेर्न थिएटर्स जानेछन् ।’

‘जान्ह्वी, राजकुमार राव र वरुण शर्मा रुहीमा शानदार छन् । जान्ह्वी निकै मिहिनेत गरिरहेकी छिन् । उनी हरेक फिल्मसँगै राम्रो हुने चाहना राख्छिन् । उनकी आमा ९श्रीदेवी० लाई उनीमाथि गर्भ लाग्थ्यो ।’

स्मरण रहोस् जब जान्ह्वीले बोनी कपुरको फिल्म रुहीबारे बताएका थिए तब उनले तुरुन्त हुन्छ भन्न भनेका थिए । एक अन्तरवार्तामा जान्ह्वीले भनिन्, ‘पापाले यो हरर कमेडी फिल्म हो भन्नुभएको थियो । जुन मिक्सर स्त्रीमा पनि देखिएको थियो ।’ बोनी कपुरको कुरा गर्नुपर्दा उनी चाँडै नै रणबीर कपुरका पिताको भूमिका निभाउनेछन् । लव रञ्जनको प्रोजेक्टमा बोनी रणबीरका पिताका भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्