Logo
Logo

महात्मा गान्धीबारे कंगना लेख्छिन्- ‘उनी एक महान नेता थिए जो महान पति हुन सकेनन्!’


दृष्टि संवाददाता


बलिउड – आइतबार एउटा टिभी अन्तरवार्तामा बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले राजपरिवारबारे गम्भिर कुराको खुलासा गरेका थिए । यस्तै बलिउडका चर्चित नायिका कंगना रानौतले पनि शाही परिवारमा मच्चिएको घमासानको विषयमा ट्वीट गरेकी छिन् । महात्मा गान्धीमाथि निशाना गर्दै उनले राम्रा पिता र पति नभएको प्रश्न उठाएकी छिन् ।

ट्वीटमा गान्धीमाथि निशाना साँध्दै लेखिन्, ‘महात्मा गान्धीलाई आफ्नै बच्चाले खराब पिता भएको आरोप लगाएका थिए । थुप्रै स्थानमा यसबारे जानकारी दिइएको छ । उनले आफ्नी श्रीमतीलाई घरको शौचालय सफा गर्न अस्विकार गर्दा बाहिर धकेल्ने गर्थे । उनी एक महान नेता थिए जो महान पति हुन सकेनन् । तर जब कुरा पुरुषको आउँछ तब संसारले माफ गरिदिन्छ ।’

उनले दुई ट्वीट पछि उनले महात्मा गान्धीको विषयमा ट्वीट गरेकी छिन् । ‘पछिल्ला केही दिनदेखि मानिसहरुले एक परिवारमाथि एकतर्फी कहानी सुनेर खुबै गसिप गरे, जज गरे, अनलाइन लिन्च गरे । मैले कहिले पनि सासू, बुहारी र षड्यन्त्रजस्ता अन्तरवार्ता हेरिनँ किनभने मलाई यस्ता कुराले उत्साहित गर्र्दैन । म यतिमात्र भन्न चाहन्छु कि संसारभरी उनी एकमात्र महिला शासक बाँकी छिन् ।’ कंगनाले आफ्नो ट्वीटमा लेखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘सम्भव छ उनी एक आदर्श श्रीमती, बहिनी हुन सक्दिनन् तर उनी एक महान् रानी हुन् । उनले आफ्ना पिताको सपना अघि बढाएकी छिन् । उनले ताजलाई बचाइन् । हामी जीवनको भूमिकालाई पूर्णतासँग निभाउन सक्दैनौं, भलै हामी यसका लागि पर्याप्त छौं । उनले ताज बचाइन् । उनलाई रानी झैं अवकाश लिन दिऔं ।’

प्रतिक्रिया दिनुहोस्