Logo
Logo

बादलसहित २३ माओवादीलाई २४ घण्टे स्पष्टीकरण, मन्त्री पदबाट राजीनामा दिन निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादीबाट सरकारमा रहेका आफ्ना पार्टी सदस्यहरुलाई मन्त्री परिषद्बाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमालेको एउटा समूहको बैठकले माओवादीसँग सम्बन्धित नेताहरुको नामसमेत राखरे जिम्मेवारी दिएको सन्दर्भमा आफ्नो पार्टी कुन हो भन्ने स्पष्ट पार्न २४ घण्टाको समय दिइएको नेता श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा रहेका छन् ।

बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको हो । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्