Logo
Logo

पेरिसडाँडामा सत्ता समीकरणबारे जसपासँग माओवादी केन्द्रको छलफल


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । माओवादी केन्द्रसँग सत्ता साझेदारी एवम् समीकरणबारे छलफल गर्न जसपा शीर्ष नेताहरु पेरिसडाँडमा पुगेका छन् ।

जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई पेरिसडाँडा गएका हुन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएलगत्तै जसपाका नेताहरु पेरिसडाँडा पुगेका जसपाका एक नेताले जानकारी दिए ।

उनका अनुसार माओवादी र जसपा नेताबीच अहिले छलफल जारी छ । शुक्रबार जसपाले शीर्ष नेताहरुले नेपाली कांग्रेससित पनि सत्ता साझेदारी बारे छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्