Logo
Logo

सत्ता समीकरणबारे माओवादी र जसपाको कुरा मिलेन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालबीचको पेरिसडाँडामा आज भएको बैठक सकरात्मक बनेको छ ।

सत्ता समीकरणबारे कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारीमा सहमति भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । अध्यक्ष महन्थ ठाकुरले राम्रै कुराकानी भएको तर निष्कर्षमा पुग्न भने नसकिएको बताए छन् ।

पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व सँगको भेटवार्ता पछि ठाकुरले भने, ‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ ।’

फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनको भनाई छ । अध्यक्ष ठाकुरले भने, ‘हामी कही पनि आफूलाई सुरक्षाको महसुस गरेको छैन’, उनले भने । बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष निकाले पनि ठोस निर्णय भने हुन नसेको उनले बताए । यसका लाग छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको अध्यक्ष यादवको भनाइ छ । जसपाले काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि लगातार संवाद गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्