Logo
Logo

भलिबल खेल्ने क्रममा झडप, दुई प्रहरीसहित तीन जना घाइते


दृष्टि संवाददाता


तनहुँ । तनहुँको भीमाद नगरपालिका–१ डुम्रीवेंसीमा भलिबल खेल्ने क्रममा विवाद हुँदा शुक्रबार दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । शिवरात्रिको पर्वका अवसरमा आयोजना गरिएको भलिबलमा विवाद हुँदा छुट्याउन जाने क्रममा दुई प्रहरी र अन्य एक सर्वसाधारण घाइते भएका हुन् ।

मोटरसाइकलको चेन स्पकेटको प्रहारबाट डुमीवेंसी प्रहरी चौकीका इञ्चार्ज सुरेन्द्र गुरुङ र प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘भलिबलमा युवाबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीमाथि पनि आक्रमण भयो’, प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भन्नुभयो, ‘उहाँहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।’

प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्