Logo
Logo

ओलीविरुद्धको निर्णायक संघर्षमा माधव समूह, बेलायाे राष्ट्रिय कार्यकर्ता भेला


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

आज (शनिबार) शनिबार काठमाडौंमा उपलब्ध सांसद र केन्द्रीय कमिटी सदस्यहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय लिएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनका अनुसार आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको गरिएकाे छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको रावलले जानकारी दिए ।

रावलका अनुसार कार्यकर्ता भेलाका लागि भनेर पार्टीको प्रदेश इन्चार्ज र विभागमा जिम्मेवारीसमेत तोकिएको छ। बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावलले पाएका छन् । बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्ज र प्रचार प्रसार विभागको जिम्मेवारी योगेश भट्टराईलाई दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्