Logo
Logo

ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छ : सञ्चारमन्त्री गुरूङ


दृष्टि संवाददाता


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन् ।

प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले अहिले राजनीतिक गठजोडले मुलुकलाई निकास दिन नसक्ने भन्दै ताजा जनादेश नै उपयुक्त हुने बताए ।

उनले दुई वा दुईभन्दा बढी राजनीतिक दलसँग मिलेर बनेको सरकारले स्थायित्व दिन नसक्ने भएकाले ताजा जनादेश नै एक मात्र विकल्प भएकामा जोड दिए । उनले ताजा जनादेशले पार्टीको सङ्गठनलाई पनि मजबुद बनाउने धारणा राखे ।

मन्त्री गुरुङले श्रमजीवी पत्रकारका हकका मुद्दा कार्यान्वयन गर्न सञ्चारगृहलाई आग्रह गरे । उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नै आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको बताए ।

प्रेस चौतारीका इन्चार्ज एवं केन्द्रीय सदस्य राजेन्द्र गौतमले पत्रकारका मुद्दालाई सरकारले सम्बोधन गर्ने बताए । नेकपा (एमाले) वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले सर्वोच्च अदालतको निर्णयपछि एमाले एकताबद्ध भएको बताए ।

प्रतिक्रिया दिनुहोस्