Logo
Logo

प्रहरी कार्यालय सहयोगीको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन (सूचिसहित)


दृष्टि संवाददाता


काठमाडौं । प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन भएको छ । प्रहरी प्रधान कार्यलयले आज (शनिबार) बगैंचे, भान्छे, हजाम, सिलाई/बुनाई, कुचिकार र खेलाडीको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाश गरेको हो ।

प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालयमा प्रयोगात्मक परीक्षा संचालन भएको थियो । उक्त प्रयोगात्मक परीक्षामा ४४५ जनाको नाम निस्किएको छ ।

प्रहरी प्रधान कार्यलय मानवस्राेत एवं प्रशासन विभागका अनुसार माली/बगैंचेमा १५ जना, भान्छेमा ३१५, हजाममा १७, सिलाई बुनाईमा २४, कुचिकारमा ५६, खेलाडीमा १८ जना छनोट भएका छन् ।

अन्तर्वार्ता चैत्र ३ गते मंगलबार बिहान ७ बजेदेखि हुने प्रहरी प्रधान कार्यलयले जनाएको छ । अन्तर्वार्ता महानगरीय प्रहरी शिक्षालयमा महाराजगंज र  प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, राजविराज, दुधौली पोखरा, बुटवाल, नेपालगञ्ज दिपायलमा हुने छ ।

सूचि

 

 

प्रतिक्रिया दिनुहोस्