Logo
Logo

एमाले एकता अभियानमा गौतम, ओलीको निर्णय उल्ट्याउन भण्डाफोर अभियान


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै वामदेव गौतम अब एमाले एकता अभियान सुरु गर्ने भएका छन्। ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक गौतमले शनिबार अभियानको आकस्मिक बैठक राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

गौतमले एकता अभियानको बैठकको निर्णयमा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखी पार्टीको विधानविपरीत जथाभावी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने गरेको उल्लेख गर्दै सार्वजनिक गरेका छन्।

अभियानका सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा केपी ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उडाएको मात्र नभई उनमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद, स्वच्छन्दतावाद, पुरोहितवादजस्ता प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने दिशामा धकेलिरहेको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दर्छौंं।’

विज्ञप्ति हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्