Logo
Logo

शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि


दृष्टि संवाददाता


काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो ।

यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्दैछ । १४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।

एन्फाका अनुसार सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युथ एफसी, मनोहरा युनाइटेड क्लब, सानो गौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर क्लब र झापा एफसी छन् ।

यस्तै समूह ‘बी’ मा प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगन्ज युनाइटेड क्लब र चर्च ब्वाइज युनाइटेड क्लब छन् ।

दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुने भने दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ यस्तै रेलिगेसनका लागि एक प्लेअफ खेल हुने खेल तालिका रहेको छ ।

समूह ‘ए’ मा रहेका खालीबारी युथ क्लब र झापाबीच आज उद्घाटन खेल हुँदैछ । यस्तै समूह ‘बी’ मा रहेका ओसिस र चर्च ब्वाइजबीच अर्को खेल हुनेछ । पहिलो चरणको अन्तिम खेल चैत २४ गते समाज कल्याण खेलकुद केन्द्र र महावीर क्लब तथा स्वयम्भु र वीरगन्जबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सका एउटा समूहको क्लबले अर्को समूहको तीन क्लबसँग मात्र खेल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्