Logo
Logo

माओवादी केन्द्रको बैठक बस्दै, एमालेमा गएका २३ नेतालाई कारबाही गर्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आईतबार) बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाहीको निर्णय गर्ने सम्भावना रहेको छ ।

माओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले २४ घण्टे स्पष्टिकरण सोधेको थियो। सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन समेत भनेको छ ।

शनिबार (हिजो) बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्णय गरेको थियो।

बैठक बिहान ११ बजे सुरु गरिने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । आजको बैठकमा प्रमुख रूपमा विकसित पछिल्लो घटनाक्रमबारे बिफ्रिङ, सर्वोच्च अदालतको फैसलादेखि समसामयिक अन्य विषयमा आज छलफल हुने बताइएको छ ।

नेकपा एमालेले तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरुको सांसद पद गुम्ने देखिएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम गुम्ने देखिएको हो ।

यो पनि पढ्नुस्

माओवादीबाट एमाले बनेका सांसदहरूको पद गुम्ने

प्रतिक्रिया दिनुहोस्