Logo
Logo

कञ्चनपुरमा वडाध्यक्षमाथि ढुंगा प्रहार, महाकाली अस्पताल भर्ना


दृष्टि संवाददाता


कञ्चनपुर । कञ्चनपुरकाे बेदकोट नगरपालिका–५ का वडाध्यक्ष गणेक विकमाथि ढुंगा प्रहार भएको छ ।

वडाध्यक्ष विकलाई स्थानीय राजेन्द्र बोहरा र धनराज बोहरालगायतले ढुंगा प्रहार गरी घाइते बनाएका हुन् ।

विकलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ उनको मुखमा चोट लागेको छ।
आक्रमणकारी उनीहरू दुवैले मदिरा सेवन गरेका थिए। वडा कार्यालयमा समान्य विवाद मिलाउने क्रममा उनीहरुले प्रहरीको सामु अध्यक्षमाथि आक्रमण गरेका हुन् ।

अध्यक्ष विकले आफूलाई मार्ने नियत राखेर ढुंगा प्रहार गरी आक्रमण भएको बताएका छन्।

वेदकोट नगरपालिकाका प्रवक्ता नरेश बहादुर सिंहले अध्यक्ष विकमाथि पूर्वाग्रह राखेर आक्रमण गरिएको बताए। दोषीमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्ने उनले उनले बताए।

प्रतिक्रिया दिनुहोस्