Logo
Logo

मौसम पुर्वानुमानः ३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने


दृष्टि संवाददाता


काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले आजको मौसम विवरण जारी गरेको छ । महाशाखाले जारी गरेको विवरण अनुसार तीन दिनसम्म मौसम बदली हुने भएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

३ गते मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । ३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्ने उल्लेख छ ।

४ गते बुधबार पनि पहाडी भू-भागहरुमा आंशिक बदली भई मेघगर्जन/चट्टयाङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको जारी विवरणमा उल्लेख छ ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्