Logo
Logo

म्यानमारमा चिनियाँ लगानीका उद्योगमा आगजनी, ३८ प्रदर्शनकारीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । म्यानमारमा सैनिक कूविरूद्ध आन्दोलन भईरहेको छ । प्रर्दशनकारीहरुमाथि प्रहरीले धरपकड मात्रै गरेनन् आफ्नै देशका नागरिकको ज्यान लिएका छन् ।

अब त्यहाँका प्रदर्शनकारीहरुले उत्तरी छिमेकी चीनलाई निशाना बनाउने थालेको खबर रोयटर्शले लेखेको छ । प्रदर्शनकारीले फेब्रुअरी १ को कूमा मौनता साँधेको उत्तरी छिमेकी चीनलाई निशाना बनाउन थालेको हो ।

आइतबार यांगुनको लाइङथाया औद्योगिक क्षेत्रमा रहेका चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएको हो । समाचार संस्था रोयटर्सका अनुसार उद्योगमा आगजनीपछि प्रहरीले चलाएको गोली लागेर कम्तिमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

एसिस्टेन्स एसोसियसन फर पोलिटिकल प्रिजनर्स संस्थाका अनुसार अन्य ठाउँका प्रदर्शनमा आइतबार थप १६ जना प्रदर्शनकारी पनि मारिएका छन्। मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेको समाचारमा उल्लेख छ ।

म्यानमारस्थित चिनियाँ राजदूतावासले उद्योगमा रहेका केही चिनियाँ नागरिक पनि घाइते भएको बताइएको छ । उसले म्यानमारमा रहेको चिनियाँ सम्पत्तिको सुरक्षा गर्न पनि भनेको छ । समाचार अनुसार औद्योगिक क्षेत्रबाट आगोको मुस्लो निस्किएपछि सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली हान्न थालेका थिए।

एक पत्रकारले भने, यो अत्यासलाग्दो थियो। मेरै आँखाअगाडि मानिसहरूलाई गोली हानियो। यो कुरा म कहिल्यै भुल्न सक्ने छैन ।लाइङथाया र आसपासका क्षेत्रमा अहिले मार्सल ल लागू गरिएको छ।

सेनाद्वारा सञ्चालित टेलिभिजनले चार वटा गार्मेन्ट उद्योग र एउटा मल बनाउने कारखानामा आगजनी भएपछि सुरक्षाकर्मीले कारबाही गरेको जनाएको छ। आइतबारको भएका मृत्युसँगै म्यानमारमा सैनिक कूविरूद्धको आन्दोलनमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ५० जनालाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

चिनियाँ दूतावासले आइतबारको घटनापछि परिस्थिति निकै नाजुक भएको बताएको छ तर सुरक्षाकर्मीको गोलीले मारिएका प्रदर्शनकारीबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

म्यानमारले हिंसात्मक गतिविधि रोक्नका लागि प्रभावकारी कदम चाल्न, दोषीलाई कानुनअनुसार दण्डित गर्न र म्यानमार रहेका चिनियाँ नागरिक र सम्पत्तिको सुरक्षा गर्न चीन आग्रह गर्दछ,ु दूतावासको विज्ञप्तिमा भनिएको छ।

चिनियाँ लगानीका उद्योगमा भएको आगजनीको कुनै समूहले जिम्मा लिएको छैन। तर सामाजिक सञ्जालमा भने मानिसहरू चीनविरूद्ध खनिएका छन्। दूतावासको फेसबुक पेजमा हजारौंले नकारात्मक प्रतिक्रिया लेखेका छन्।

फेब्रअरी १ को कूपछि पश्चिमा मुलुकले जसरी बेइजिङले कूको विरोध नगरेपछि म्यानमारमा चीनविरोधी भावना बढेको छ। तिमी म्यानमारमा शान्तिसँग व्यापार गर्न चाहन्छौ भने म्यानमारका जनतालाई सम्मान गर, एक जना प्रदर्शनकारीले फेसुबकमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्