Logo
Logo

केपी ओली र माधव नेपालबीच धुम्बाराहीमा भेट हुँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच आज भेटवार्ता हुँदैछ ।

स्रोतका अनुसार अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

चार महिनापछि ओली र नेपाल बीच आज भेटवार्ता हुँदैछ । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्