Logo
Logo

ओलीसँग वार्ता गर्नुअघि माधव पक्षको छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ नेता माधव नेपालबीच आज पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ ।

ओलीसँग वार्ता बस्नु अघि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । नयाँ बानेश्वरमा झलनाथ खनाल, माधव नेपालसहितका नेताहरूबीच छलफल भइरहेको हो ।

स्रोतका अनुसार ओलीसँग वार्ता गर्न चारजना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । वार्तामा को-को जाने भन्ने पनि सोही छलफलबाट तय हुने बताइएको छ ।

संस्थापन पक्षबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्