Logo
Logo

आठ जिल्लाका सिडिओ फेरिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ फागुन ।
गृह मन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।


रौतहटको कामु सिडिओमा किरण थापा, पाँचथरको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्ट दार्चुलाका सिडिओ भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रजिअका रूपमा कार्यरत सुरेशसुनार बझाङका सिडिओ भएका छन् । भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रहरी कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ ।
डेढ दर्जन जिल्ला अझै कामु सिडिओकै भरमा
अझै पनि १५ वटा भन्दा धेरै जिल्ला कामु सिडिओका भरमा चलेका छन् । ६ महिनाभन्दा लामो समय कामु सिडिओ राख्न नपाइने कानुनी प्रावधानविपरीत नौ महिनादेखि जिल्ला प्रशासन कार्यालयहरू कामु सिडिओका भरमा चलेका छन् । सहसचिव सिडिओ हुने धेरै जिल्लामा उपसचिवलाई सिडिओ बनाइएको छ । सहसचिव पर्याप्त नहुँदा यसो गर्नुपरेको गृहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्