Logo
Logo

वामदेव गौतम समूहले पनि बोलायो बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुनै लाग्दा उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको गौतम निकट नेताले बताए ।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्