Logo
Logo

चार महिनापछि केपी ओली र माधव नेपालपक्षको भेटवार्ता


दृष्टि संवाददाता


काठमाडौं । एउटै पार्टीका भए पनि अलग-अलग गतिविधि गर्दै आएका नेकपा एमाले दुई पक्षका शीर्ष नेताहरुको भेटवर्ता भएको छ । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच आज पार्टी कार्यालय धुम्बाराहीमा झण्डै चारमहिनापछि भेटवार्ता भएको हो ।

जारी छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ उपस्थित छन् ।

त्यस्तै नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त छन् । गएको २५ कात्तिकपछि संवाद टुटेको ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्