Logo
Logo

विहारमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका पाँच जनाको मृत्यु


दृष्टि संवाददाता

378
Shares

एजेन्सी । भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ।

झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सिलिन्डर विस्फोटपछि घरमा आगलागी हुँदा घरधनी ४४ वर्षीय नूर बाबु, उनका छोरीहरू ८ वर्षीया तोहफा, ६ वर्षीया बबली, छोराहरू ४ वर्षीय रहमत र २ वर्षीय शाहिदको जलेर मृत्यु भएको छ। विस्फोटमा नूर बाबुको श्रीमती ३२ वर्षीया शहजादी बेगम गम्भीर घाइते भएकी छिन्।

उनको किशनगञ्जको अस्पतालमा उपचार भइरहेको छ। आगलागीबाट घरमा पूर्णरुपमा जलेर नष्ट भएको छ। दमकलसहितको सुरक्षाकर्मीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। एकै परिवारका बालबालिकासहित पाँचको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्