Logo
Logo

साल्पासिलिछो गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता चैत ८ देखि हुने


दृष्टि संवाददाता


भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले यही आउँदो आइतबार (चैत्र ८ गते) देखि ‘साल्पासिलिछो गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता एंम वृहत सांस्कृति कार्यक्रम- २०७७’ आयोजना गर्ने भएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यकाे लागि खेलकुद’ भन्ने मूल नाराका साथ यही चैत्र ८ गतेदेखि १३ गतेसम्म हुने प्रतियोगिता जाल्पा माध्यमिक विद्यालय, चौकीडाँडाको खेल मैदानमा आयोजना हुने छ । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष महेश राईले गर्ने साल्पासिलिछो गाउँपालिका खेलकुद विकाम समिति अध्यक्ष सुरज राईले जानकारी दिए ।

सो प्रतियोगितामा अन्तरपालिका स्तरीय पुरुष भलिबल, अन्तरपालिका स्तरीय पुरुष डबल व्याडमिन्टन, साल्पासिलिछो गाउँपालिका अन्तर्गत अन्तर वडा स्तरीय महिला भलिबल, अन्तर वडा स्तरीय लोकनृत्य हुने अध्यक्ष सुरज राईले बताए ।

अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाखसहित पाँच वर्षे चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिए । उपविजेताले नगद ७५ हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा टिमले नगद ३०/३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

वडा स्तरीय महिला भलिबल विजेताले ४० हजारसहित चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ३० हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा टिमले नगद २०/२० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पुरूष र महिला दुवै टिमका सर्वाेत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट ब्लकरले पनि नगद २ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् ।

डबल व्याडमिन्टन प्रतियोगिताको विजेताले ३० हजार सहित पाँच वर्षे चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा सहभागि दुईवटा टिमलाई १०/१० हजार नगदसहित मेडल र प्रमाणपत्र दिइने अध्यक्ष राईले जानकारी दिए ।

लोकनृत्यतर्फ प्रथम हुनेले नगद १५ हजार, दाेस्राे हुनेले १० हजार, तेस्राे हुनेले ५ हजार र सान्त्वना हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए ।

उक्त कार्यक्रममा संगीतकार एंम गायक विनाेद खम्बु, गायिका सुनिता थेगिम, गायक नविन राई र चलचित्रकर्मी  भुवन तातिमकाे प्रस्तुती पनि रहेने छ ।

 

प्रतिक्रिया दिनुहोस्