Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । आजको मौसम पूर्वानुमान आज जारी मौसम पुर्वानुमान अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्