Logo
Logo

शीतल निवासमा आज राष्ट्रिपतिको आह्वानमा सर्वदलीय बैठक


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आज (मंगलबार) सर्वदलीय बैठकको आयोजना गरेकी छन् ।

राष्ट्रपति भण्डारीको आह्वानमा सर्वदलीय बैठक सर्वदलीय बैठक आज बस्ने भएको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरूलाई बैठकमा सहभागी हुनका लागि बोलाइएको छ ।

सत्ता समीकरणका लागि दलहरुबीच तीव्र छलफल भइरहेको समयमा राष्ट्रपतिले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन् ।

सर्वदलीय बैठकको एजेण्डा नखुलाइए पनि पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको बुझिन्छ । मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको स्रोतले बतायो ।

सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्